अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण दुई सय जनाको मृत्यु

-


     मर्दी न्युज    
     वैशाख १ गते २०८३ मा प्रकाशित


People salvage items from a house destroyed by flood in Enjil district of Herat province, Afghanistan March 29, 2019. Picture taken March 29, 2019.REUTERS/Jalil Ahmad

काबुल । अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् ।

भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चार माध्यामहरुले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् ।

अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानिस्तानमा एक हजार ३०३ घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

अफगानिस्तानका विभिन्न भागहरूमा मार्च–२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ ।