भन्सार दर बढेपछि सुनको मूल्य एकैदिन २० हजार ५०० ले बढ्यो

-


     मर्दी न्युज    
     जेठ १७ गते २०८३ मा प्रकाशित


सरकारले सुनको भन्सार दर बढाएपछि सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ। आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको छ।

प्रतितोला सुन २० हजार ५ सय रुपैयाँ बढेर आज ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ३ सय ५ रुपैयाँले बढेर आज प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार ४० मा कारोबार भएको थियो ।