
बुधवार आएको हावाहुरी तथा पानीको कारण पोखरास्थित फेवातालमा फसेका १९ विदेशीसहित ३३ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ ।
फेवातालमा डुंगा सयर तथा घुमघामका क्रममा रहेका अचानक मौसम बिग्रिएपछि जोखिममा परेका पर्यटकहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
तीव्र हावाहुरीसँगै परेको पानीका कारण तालमा छाल बढेको र डुंगामा रहेका पर्यटकहरू सुरक्षित रूपमा किनारासम्म आउन नसक्ने अवस्था बनेपछि उद्धार टोली परिचालन गरेको थियो ।

