
फाइल तस्बिर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी नेपाल भित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ ।
स्थलमार्गबाट आउने भारतीय पर्यटकले सडकमै खाना बनाउने, नदी किनारमा लुगा धुने फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले यस्तो सूचना जारी
स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभागमार्फत प्रवेश अनुमति पत्र (अनलाइन वा भौतिक) सुनिश्चित गर्न भनेको छ ।
सवारी साधनमा सवार यात्रुहरूको नाम सूची, उमेर र लिङ्ग नेपालका भन्सार अधिकारीहरूलाई उपलब्ध गराउनुपर्ने, नेपालमा रहने अनुमानित दिन र नेपाल बसाइका क्रममा भ्रमण गर्ने स्थानहरूको विवरण दिनुपर्ने, सुरक्षाको दृष्टिकोणले आफ्नो सवारी साधन र सामानहरूको पूर्ण रूपमा जाँच गराउनुपर्ने मन्त्रालयले जारी गरेको सूचना उल्लेख गरिएको छ ।
भारतीय नागरिकहरूका लागि भिसा आवश्यक पर्दैन, तर प्रवेशका लागि नेपाली अधिकारीहरू समक्ष मान्य राहदानी (पासपोर्ट) वा मतदाता परिचयपत्र उपलब्ध गरानुपर्ने र ज्येष्ठ नागरिक र बालबालिकाको हकमा, आधार कार्डलाई पनि आधिकारिक परिचयपत्रको रूपमा मान्यता दिइने जनाएको छ ।
सवारी साधन र चालकहरूले नेपालका सडकहरू, विशेष गरी पहाडी क्षेत्रमा, साँघुरा र धेरै घुम्तीहरू भएका हुन सक्छन् । यात्राभरि आफ्नो सवारी साधनलाई एकदमै दुरुस्त अवस्थामा राख्नुपर्ने र नेपाली सडकहरूमा भारतीय सवारी साधन चलाउने चालकहरू पर्याप्त अनुभवी हुनुपर्ने साथै उनीहरूलाई नेपालको धरातलीय स्वरूप (टोपोग्राफी), जलवायु र मौसमको राम्रो ज्ञान हुनुपर्नेछ ।
तीर्थयात्रीहरुले तीर्थस्थलहरू (जस्तैः मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम, स्वर्गद्वारी, सुपादेउरा ली, पाथिभरा, बडिमालिका, पशुपतिनाथ, वराहक्षेत्र, देवघाट त्रिवेणीधाम, दामोदरकुण्ड, गोसाइँकुण्ड आदि) सफा राख्नुपर्ने, लेक लाग्नेु (अल्टिच्युड सिकनेस)समस्या हुन सक्ने हुनाले बोटलको अक्सिजन आवश्यक पर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्नुपर्ने, प्रयोग गरिएका कपडाहरू, बन्दोबस्तीका सामानहरू र फोहोर मैला तोकिएको क्षेत्र फोहोरदानी (डस्टबिन) मा विसर्जन नगर्नु र सडकमा फोहोरमैला फाल्नु नियमको उल्लंघन मानिन्छ र यो सजायको भागीदार हुन सक्ने भनेको छ ।
आफैँ खाना पकाउनेहरूले ठाउँ, भान्छा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा, अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू (सरकार, सुरक्षाकर्मी वा सेवा प्रदायक)सँग सम्पर्क गर्न सकिने जनाएको छ।

