वर्षाले मुग्लिन-नारायणगढ सडकखण्ड प्रभावित

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित


 पूर्वपश्चिम राजमार्ग अन्तर्गत मुलिन-नारायणगढ सडक प्रभावित भएको छ । वर्षा भइरहेकोले रातिदेखि उक्त सडकखण्डमा सवारी आवागमन केही प्रभावित भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति सडकका विभिन्न ठाउँमा ढुंगा खसेका थिए । त्यसले गर्दा केही समय सडक एकतर्फी भएको थियो ।

अहिले सडक सफा गरेर सञ्चालनमा ल्याइएको छ । आज सडक पूर्णरुपमा अवरुद्ध भएको छैन तर वर्षाका कारण बेलाबेलामा ढुंगा-माटो खस्ने भएकोले प्रभावित भएको प्रहरीको भनाइ छ ।

आज बिहान मात्रै नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ । ढुंगा हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको र सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ ।