सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढ्यो

-


     मर्दी न्युज    
     श्रावण २० गते २०८३ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा रु चार हजार दुई सय रुपैयाँले बढेर रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छन् । 

 मंगलबार सुन तोलामा दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी ९५ रुपैयाँले बढेर रु चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो ।