
मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु. २९ करोड राजस्व दाखिला भएको छ ।
यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँच पास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए ।
गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु. छ अर्ब ९२ करोड राजस्व संकलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रूपमा विकसित भएको छ ।

