मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित


सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार भदौ १० गते मोहम्मद जयन्ती परेको जनाएको छ। सोही दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले स्पष्ट पारेको छ।

यसअघि नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था उल्लेख गरिएको थियो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा बिदासम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराइएको छ। मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई शुभकामनासमेत व्यक्त गरेको छ।