Author Archive

क्यानडाद्वारा कतार ६-० गोल अन्तरले पराजित

क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । क्यानडाले कतारलाई ६-० मा पराजित गरेको हो । क्यानडाका लागि पहिलो हाफको १६ औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । पहिलो हाफको ३९ औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघिमात्रै दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३-० को अग्रता लियो । यसअघि समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र… पुरा पढौ

जाग्यो बसपार्क बन्ने आशा

गण्डकी, ४ असार । पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो ।  आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिले पाँच दशकअघि उक्त जग्गा अधिग्रहण गरेको थियो । यसअघि महानगर र नगर विकास समितिले अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।  “संरचना… पुरा पढौ

प्रि-मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

काठमाडौँ । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जीव अधिकारीले प्रि-मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि-मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिए।  विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको… पुरा पढौ

तनहुँमा १९ शंकास्पद व्यक्ति नियन्त्रणमा

दमौली (तनहुँ) ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र… पुरा पढौ

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की- निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिनुभयो । “स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”,… पुरा पढौ

कालीकोटमा भेटियो रेडपान्डा

मान्म (कालीकोट) । कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् । तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ । तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले… पुरा पढौ

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’ समूहको खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१… पुरा पढौ