Author Archive

चारवर्षे स्नातक कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन प्रणाली लागू

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चारवर्षे स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट प्राप्त गर्न अबदेखि अनलाइन आवेदन प्रणाली लागू गर्ने भएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक तहअन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस कार्यक्रमका विद्यार्थीले ट्रान्सक्रिप्टका लागि विद्युतीय माध्यमबाट मात्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो। नयाँ व्यवस्थाअनुसार २०८३ साउन १ गतेदेखि ट्रान्सक्रिप्टका लागि प्रत्यक्ष उपस्थित भई कागजी आवेदन बुझाउने प्रक्रिया बन्द गरिनेछ। त्यसपछि सम्बन्धित सेवाका लागि कार्यालयले भौतिक आवेदन स्वीकार नगर्ने जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले सेवा प्रवाहलाई… पुरा पढौ

‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

काठमाडौँ । सरकारले ‘ओभर-द-टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटिटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ । यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका ‘डिजिटल स्ट्रिमिङ’ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानुनी संरचनाभित्र आउने… पुरा पढौ

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, ८ जनाको मृत्यु

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरे लगत्तै विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । पुरा पढौ

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका  ती  सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँच पास गरेको… पुरा पढौ

आज सातै प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई भू-भागमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा… पुरा पढौ

गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे । विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि ६० प्रतिशतभन्दा बढी रकम छुट्याइएको छ । कुल बजेटमध्ये पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।… पुरा पढौ

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ । कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको छैन । नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८… पुरा पढौ