अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित

अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर-१३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थीमाथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी)का एक जना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको… पुरा पढौ

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्रतटमा भएको गोली काण्डमा १५ जनाको मृत्यु भएको छ । गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको हो । मृतकमा एक आक्रमणकारी पनि रहेको न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले जनाएको छ ।   प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा ५० वर्ष र छोरा २४ वर्षका छन्। प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते भएका छन्। घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२… पुरा पढौ

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

एएफपी/रासस । भारतको सबैभन्दा ठूलो एयर लाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्य घण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् । विमानस्थलहरूमा यात्रुहरू भुईँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयर लाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ । सरकारले थकान र सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालक दल… पुरा पढौ

हङकङको आवासीय भवनमा आगलागी: १३ जना पक्राउ

एजेन्सी । हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।उक्त जानकारी सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत दिनुभएका हुन् । प्रहरीले जनाएको अनुसार घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको छ, र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना छ । आगो लागेका भवनबाट सङ्कलित २० वटा निर्माण जालीका नमूनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पुरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन् । यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त… पुरा पढौ

हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो

एएफपी/रासस । हङकङको एक ठूलो आवास क्षेत्रमा यस साताभित्र लागेको आगलागीबाट मृत्यु हुनेहरूको सङ्ख्या १४६ पुगेको प्रहरीले आइतबार पुष्टि गरेको छ । वाङ फुक कोर्टमा भएको यो आगलागीलाई सन् १९८० यताकै विश्वकै सबैभन्दा गम्भीर आवासीय आगलागी मानिएको छ । प्रहरीको विपद् पहिचान युनिटले खोजी क्षेत्र विस्तार गरेपछि थप शवहरू भेटिएका छन् । प्रहरीका वरिष्ठ अधीक्षक साङ सु-यिनले पत्रकारहरूलाई जानकारी दिँदै भने, “अहिलेसम्म १४६ जनाको मृत्यु पुष्टि भएको छ । अझै थप मृतक भेटिन सक्ने सम्भावना छ ।” आइतबार ताइ पो… पुरा पढौ

हङकङ आगलागी अपडेट: ६५ जनाको मृत्यु, ३०० जना अझै बेपत्ता

हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ६५ पुगेको बिबिसीले जनाएको छ। ३०० भन्दा धेरै मानिस  बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ । बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार पछि बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरवाहीका साथ काम गरेको’ आरोपमा तीन… पुरा पढौ

हङकङमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागीमा ४४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ४५ गम्भीर घाइते भएका छन् । २७९ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका अन्तराष्ट्रिय  सञ्चार मध्यमाहरूले जनाएको छ ।  वांग फुक कोर्ट भन्ने स्थानका आठ वटा भवनमा आगलागी भएको बीबीसीले जनाएको छ । उक्त आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् ।  बिहानसम्म पनि केही भवनहरूबाट धुवाँ आइरहेको छ । चार वटामा आगो नियन्त्रणमा रहेको बताइएको छ । आगो पूर्ण… पुरा पढौ