बागलुङ । निसीखोला–२, अर्नाकोट बागलुङमा शनिवार सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविर कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल पोखरा (सशस्त्र प्रहरी बल, नेपाल)को संयुक्त आयोजनामा, निसीखोला गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको हो । वडा अध्यक्ष कुबिर विश्वकर्माले गरेको उद्घाटनमा अर्नाकोटसहित छेडा, थुम्ना, सिन्डेरी, डेलढारा, खलबाङ, जडभरा, निन्नेचौर, चौर, घाम्पु, पाखापानी तथा ढोरपाटनका विभिन्न वडाबाट करिब २८० सेवाग्राही स्वास्थ्य परीक्षणका लागि सहभागी भए । करिब २८० जना सेवाग्राही (२०० महिला र ८० पुरुष)…
पुरा पढौ