अन्तर्राष्ट्रिय

बंगलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिने अदालतको फैसला

बंगलादेशको एक विशेष अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई-अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ९आइसिटी–१० ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवता विरुद्ध अपराधका पाँच वटै अभियोगमा दोषी ठहर गर्दै उहाँको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ ।… पुरा पढौ

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु

एएफपी । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मंगलवार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो । विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति… पुरा पढौ

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली । मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दु:खद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो । वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो । उद्धारकर्ताहरूले घण्टौँसम्मको अथक प्रयासपछि उक्त कोचलाई भुईँमा ल्याई फलाम काट्ने यन्त्रको सहयोगले भित्र अड्किएका शवहरू निकाल्न… पुरा पढौ

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तान । उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।   अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको बताएका छन् ।  अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ ।   प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी… पुरा पढौ

दीपावलीको आतशबाजीपछि नयाँ दिल्ली घना र खतरनाक धुवाँले ढाकियो

एएफपी । लाखौँ श्रद्धालुले हिन्दु पर्व दीपावली धूमधामका साथ आतशबाजी गरी मनाएपछि मंगलबार भारतको राजधानी नयाँ दिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्‍याएको अधिकारीहरूले बताएका छन् । सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो । मंगलबार बिहानसम्म नयाँ दिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्युआई) ३५० नाघेको थियो । जुन विश्व… पुरा पढौ

बन्दी रिहाइ समारोहमा सहभागी हुन इजरायल जाँदै राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बन्दी रिहाइ समारोहमा सहभागी हुन आज इजरायल जाँदै छन् । हमासले बन्धक बनाएका बन्दीहरुलाई हालै भएको युद्ध विराम सम्झौता भई बन्दी रिहाइ विशेष समारोहमा सहभागी हुन ट्रम्प इजरायल जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो, त्यस क्रममा नेपालका विपिन जोशीसहित केही व्यक्तिलाई हमासले कब्जा गरेको थियो । हमासको कब्जामा हालसम्म ४७ जना रहेको र त्यसमा कम्तिमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।… पुरा पढौ

लद्दाखमा स्वायत्तताको माग हिंसात्मक : चारको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् । उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार… पुरा पढौ