अन्तर्राष्ट्रिय

रुसको तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पः धेरै देशहरुमा सुनामीको चेतावनी

एजेन्सी । रुसको तटीय क्षेत्रमा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । आज बिहान रुसको सुदूरपूर्वी कामचाट्का क्षेत्रमा १३ फिटसम्म अग्ला छालहरू मापन गरिएको थियो । जापान र संयुक्त राज्य अमेरिकाको सम्पूर्ण पश्चिमी तटलाई जोखिमपूर्ण छालको चेतावनी दिइएको छ । कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममा पोस्ट गरिएको भिडियोमा यस भूकम्पलाई “दशकौँ यता आएको सबैभन्दा शक्तिशाली” भूकम्प भनेका छन् । होनोलुलु आपतकालीन व्यवस्थापन विभागले “विनाशकारी सुनामी छालाहरू” आउने सम्भावना रहेको भन्दै केही तटीय क्षेत्रहरू खाली गर्न… पुरा पढौ

रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

मस्को । करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ । अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन् । अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ-२४ विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १:०० बजे (०४०० जिएमटी) राडारबाट हराएको थियो । पछि एउटा उद्धार हेलिकप्टरले टिन्डाबाट लगभग १६ किलोमिटर (१० माइल) टाढाको जङ्गल भएको पहाडी ढलानमा जलिरहेको विमान देखेको थियो । रूसी अनुसन्धानकर्ताहरूले… पुरा पढौ

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् । खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा भएको हो । डुङ्गामा सवार अधिकांश यात्रुहरू हनोइबाट आएका भियतनामी परिवारका सदस्यहरु रहेको बताइएको छ । उद्धारकर्मीहरूका अनुसार मुसलधारे वर्षाका कारण जीवित व्यक्तिहरूको खोजीमा कठिनाइ भइरहेको छ । हालसम्म फेला परेका शवमध्ये कम्तीमा आठ जना बालबालिका छन् । ११ जनालाई भने जीवितै पानीबाट निकालिएको छ ।… पुरा पढौ

इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण,सुरक्षा प्रणालीले मिसाइल रोक्यो

सना । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको बताएका छन् । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ । हूथीहरू यमनको उत्तर भागमा सक्रिय एउटा सशस्त्र समूह हुन् । उनीहरूको धार्मिक आधार जदी शाखासँग जोडिएको छ र उनीहरूले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताको लागि संघर्ष गर्दै आएका छन् । सन् २०१४ देखि उनीहरूले यमनको राजधानी साना र अन्य धेरै भागहरू नियन्त्रणमा लिएर सरकारविरुद्ध विद्रोह गरेका छन् ।… पुरा पढौ

इरानी अधिकारीद्वारा इजरायली आक्रमणप्रति कडा आपत्ति

इजरायलद्वारा सोमबार गरिएका आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै एक वरिष्ठ इरानी अधिकारीले उक्त कार्यलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । उक्त आक्रमणले क्षेत्रीय स्थायित्व र सुरक्षामा प्रतिकूल असर पर्ने भन्दै इरानले कूटनीतिक रूपमा यसको विरोध जनाएको हो । इजरायली आक्रमणको भोलिपल्ट मंगलबार इरानी न्यायिक संस्थाले तेहरानस्थित एविन कारागारबाट केही कैदीहरू अन्यत्र सारिएको जानकारी दिएको छ । न्यायालयका अनुसार स्थानान्तरण प्रक्रिया कारागार प्रशासनको निर्णयअनुसार भएको हो । तर, कति जना कैदीहरू कुन स्थानमा लगिएको हो भन्ने विषयमा भने आधिकारिक विवरण सार्वजनिक… पुरा पढौ

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै नेता र सर्वसाधारण सडकमा

थाइल्याण्डको राजधानी बैंककमा शनिबार हजारौँको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै प्रदर्शन गरेका छन् । कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेका थिए । टेलिफोन वार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अंकल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरुद्ध आक्रोश छाएको छ ।  लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीय प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने… पुरा पढौ

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

एएफपी/रासस । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ। कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरे । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन… पुरा पढौ