अन्तर्राष्ट्रिय

फिलिपिन्स भूकम्प अपडेट : ३१ जनाको मृत्यु, कयौँ बेपत्ता

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् । करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार भूकम्प गएको करिब दुई घण्टापछि… पुरा पढौ

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एजेन्सी । फिलिपिन्समा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ। यात्रु, कर्मचारी तथा हवाई सेवाको सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणद्वारा जारी सार्वजनिक सूचनाअनुसार भूकम्पपछि विमानस्थलका हवाई नेभिगेसन प्रणाली, सञ्चार उपकरण, रनवे, टर्मिनल भवन तथा अन्य सञ्चालनसम्बन्धी पूर्वाधारको विस्तृत प्राविधिक परीक्षण र मूल्यांकन सुरु गरिएको छ। विमानस्थल सञ्चालन सुरक्षित रहेको सुनिश्चित नभएसम्म उडान सेवा पुनः सञ्चालन नगरिने बताइएको छ। अधिकारीहरूका अनुसार भूकम्पले हवाई यातायातसम्बन्धी… पुरा पढौ

ह्वाइट हाउस नजिकै गोली चल्यो

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ। शनिबार साँझ ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका हुन्। अमेरिकी सिक्रेट सर्भिसका अनुसारएक व्यक्तिले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए। लगत्तै सुरक्षाकर्मीहरूले जवाफी फायर गर्दै ती व्यक्तिलाई गोली हानेका थिए। जवाफी कारबाहीमा गोली हानेपछि उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। गोली लागेका संदिग्धलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। तर… पुरा पढौ

चीनको कोइला खानीमा विस्फोट: ९० जनाको मृत्यु

उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए । टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । उद्धार कार्य अझै जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेको उपचार र जीवित व्यक्तिको खोजीमा कुनै कसर… पुरा पढौ

ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको जनाएको छ । बुधबार राति ट्रम्पले सामाजिक सञ्जालमा साझा गरेको पोस्टमा अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थामाथि आलोचना गरिएको थियो । सो पोस्टमा विशेषगरी भारतीय आप्रवासीहरूलाई लक्षित गर्दै उनीहरूले अमेरिकी मूल निवासीहरूलाई रोजगारी नदिने र अङ्ग्रेजी भाषामा दक्षता नभएको आरोप लगाइएको थियो । त्यस्तै, भारतलाई ‘नरक’… पुरा पढौ

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयासहरू पुन: पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि तेहरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ । ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामाबाद फर्केर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा रहेका छन् । तर इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ । तेहरानले… पुरा पढौ

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ ।  भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ । भूकम्प स्थानीय समय अनुसार साँझ ४:५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर गएको हो । भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो, जहाँ धेरै ठूला भवनहरू हल्लिएका विवरण आएका छन् । जापान मौसम… पुरा पढौ