अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान

इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ ।फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका… पुरा पढौ

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण दुई सय जनाको मृत्यु

काबुल । अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चार माध्यामहरुले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् । अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानिस्तानमा एक हजार ३०३ घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी… पुरा पढौ

अमेरिका-इरान वार्ता असफल: ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ। ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले इरानको आर्थिक शक्ति कमजोर पार्ने लक्ष्य राखिएको छ। उनले भने, ‘अमेरिका जुनसुकै परिस्थितिका लागि तयार छ र आवश्यक परे युद्ध अन्त्य गर्न कदम चाल्नेछ।’ पुरा पढौ

गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो । ७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् । उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका… पुरा पढौ

वार्ता सम्झौतामा पुग्न सकेनौं, इरानका लागि खराब खबर हो : जेडी भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता असफल हुँदा अमेरिका भन्दा धेरै इरानका लागि खराब खवर भएको बताएका छन् ।लामो दिनसम्म चलेको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भान्सले भने, “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं। र, मलाई लाग्छ, यो अमेरिका भन्दा धेरै इरानका लागि खराब खबर हो।” इरानसँग कुनै सम्झौता नभएपछि पाकिस्तानको इस्लामाबादबाट अमेरिका फर्किन प्रस्थान गरेका छन्। उनी एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किरहेका छन्। पुरा पढौ

पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तहरूमा छलफल गरेको छ । इस्लामावादको सेरेना होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री शहबाज सरीफसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका छन् । इरानले यसअघि नै लडाईको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनु्पर्ने र लेबनानमा हेजबुल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताएको थियो ।… पुरा पढौ

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण

एजेन्सी । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा… पुरा पढौ