अन्तर्राष्ट्रिय

इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

इस्लामावाद (पाकिस्तान)। इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस)ले दावी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् ।  अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भीर अवस्थामा उपचार भइरहेकाले  मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन् । देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतदाई उदृत गर्दै एएफपीले जनाएको छ । जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतङ्ककारीले मण्डलीलाई लक्षित गरी गरेको विस्फोटमा ठूलो… पुरा पढौ

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु, उडान रद्द

वाशिङ्गटन, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाका विभिन्न भागहरूमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ। आँधीबेहरीसँगै परेको व्यापक हिम वर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय (केही दिन) सम्म प्रभावित हुनसक्ने बताइएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले अमेरिकीहरूलाई सोमबार बिहानसम्म मौसममा कुनै… पुरा पढौ

स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव

स्विट्जरल्यान्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकराबको वातावरणबीच डाभोस आइपुगेका छन् । ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ । विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिनअघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको भविष्यलाई लिएर उनको कडा अडान नै छलफलको केन्द्र बन्ने देखिएको छ । तर स्विस स्की रिसोर्टमा भेला भएका युरोपेली नेताहरूले राष्ट्रपति ट्रम्पको आक्रामक धारणा… पुरा पढौ

चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण

वेनचाङ, हैनान । चीनले सोमबार दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ । हैनानस्थित व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट अपराह्न ३:४८ बजे प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ । यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि छ दिनअघि सोही स्थलबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो । चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको… पुरा पढौ

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्कको हिरासत केन्द्रमा राखिएको छ । अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो । मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागूऔषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको छ । यसैबीच, अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका छन् । ट्रम्पले पत्रकार सम्मेलनमा विश्वकै ठूलो अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी तेल पूर्वाधार सुधार गर्ने र… पुरा पढौ

‘भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गर्‍यौँ’: राष्ट्रपति ट्रम्प

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरुद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् ।  संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।   मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ । अमेरिकी राष्ट्रपति… पुरा पढौ

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना-२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट संकेत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानूनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका हुन् । “सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ”, उनको… पुरा पढौ