कृषि

मौरी पालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट, २४ मङ्सिर। बागलुङ नगरपालिका- १२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भनिन्,’बाख्रा पालन र मौरी पालन एकसाथ थालनी गरेकी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ ।’ अहिले पाठकको मौरी फार्ममा ४५ मौरीसहितका घार छन् । उनले ले बाख्रा पालनभन्दा मौरी पालनबाट राम्रो आम्दानी भएको बताइन् । उनले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताइन् । ‘परिवारको सहयोग… पुरा पढौ

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका– ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्। लौकाहा गाउँमा आफ्नै खेत जोतिरहेका बेला बिजुलीको तार शरीरमा खस्दा पण्डितको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै गोरु पनि मरेको छ। नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण तार चुडिएर खेतमा लत्रिएकोले करेन्ट लागेको परिवारजनको भनाइ छ । रौतहटको अधिकांश स्थानमा विद्युतीय तार असरल्ल हुँदा समेत प्राधिकरणले त्यसको व्यवस्थापनमा कुनै चासो नराखेको पालिका प्रमुख बैजनाथप्रसाद यादव बताउँछन्… पुरा पढौ

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

गल्याङ, २१ मङ्सिर । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् । गत वर्ष खानेसहित बीउ आलु सात सय टन… पुरा पढौ

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२… पुरा पढौ

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

कास्की, ९ मङ्सिर । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । कृषि तथा पशुपक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा जगदीश पाण्डेले जानकारी दिए । उनका… पुरा पढौ

चौँरी बिक्री नहुँदा सास्ती

फुङ्लिङ (ताप्लेजुङ), ५ मङ्सिर । जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ । शेर्पाको पुख्र्यौली पेसा चौँरीपालन हो । तर उनी केही समय पुख्र्यौली पेशालाई छाडेर होटल व्यसायमा लागे । उनले… पुरा पढौ

भारतबाट छठका लागि ४ करोडको केरा आयात

धनुषा, १ मङ्सिर । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन… पुरा पढौ