कृषि

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

ढोरपाटन (बागलुङ) । यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ । गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठ/असारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला… पुरा पढौ

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

ढोरपाटन (बागलुङ) । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन्। १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्‍याउने गरेका छन्। मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्‍याउने गरेका छन्। यतिबेला सडक छेउछाउमा बाक्लै च्यांग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन्। हिमाली क्षेत्रमा हुर्किएका च्यांग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ। मुस्ताङ… पुरा पढौ

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी-जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो ।  केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय… पुरा पढौ

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

गलकोट (बागलुङ) । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् ।  दसैँमा प्राय: उपभोक्ताले मासुका लागि भेँडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिउने गरिएको बलबहादुर थापाले बताए। बर्सेनि बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा भित्र्याउँदै… पुरा पढौ

बजार झरे लेकाली भेडा च्याङ्ग्रा

म्याग्दी ।  दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडा च्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडा च्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।  मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडा च्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठुला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडा च्याङ्ग्रा काठमाडौँ पठाइएको… पुरा पढौ

तनहुँमा ४ हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

दमौली । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह (क्लष्टर) मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने… पुरा पढौ

म्याग्दीको गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउ खेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् ।  समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन सुरु गरेको स्थानीय नीलकण्ठ शर्माले बताए । “गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौँ, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ, हामीले… पुरा पढौ