विचार/ब्लग

नेपाली पत्रकारिताको जग बसाल्नुभएका जयपृथ्वी

बझाङ । नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उहाँ नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गर्नुभयो । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन । विसं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षको हुनुहुन्थ्यो । त्यो समयमा सरकारलाई… पुरा पढौ

श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता

काठमाडौँ, १८ वैशाख । आज श्रमिकका लागि एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने दिन हो, बलिदानीपूर्ण सङ्घर्षका बारेमा चेतना र शिक्षित गर्ने दिन हो । सरोकारवालामा श्रमिकले सडकबाट सामूहिक आवाज सुनाउने दिन हो । श्रमिक अधिकारका लागि सहादत हुने ती सबै श्रमिकलाई सम्झिने दिन हो र भन्ने हो हाम्रो सङ्घर्ष जारी छ । आजभन्दा ठीक एक सय ३७ वर्षअघि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो सहरको हेमार्केट चौकमा मजदुर उत्रिए । सङ्घर्षको मैदानमा… पुरा पढौ

उत्पादन र रोजगारी केन्द्रित विकासका अड्चन

काठमाडौँ । कतै ठूला भवन बनेको, अनि सडक बाटोको निर्माण हुँदै गरेको, अनि कतै उब्जाउ जग्गा नासिएर नयाँ बस्ती नै बसेको देखेपछि ओहो यहाँ त विकास भएछ, हुन थालेछ भनेर टिप्पणी गरेको सुन्न पाइन्छ । अझ जनमानसमा रहेको यही भावनामा खेलेर वा विषयवस्तुलाई गहिराइमा नबुझेरै भौतिक निर्माणलाई मात्र विकास भनेर त्यसैमा आफ्नो भूमिका देखाउने कोशिस राजनीतिक वृत्त र नीति निर्माताले गरिरहेको अवस्था छ । मुलुकमा राजनीतिक प्रणालीमा परिवर्तन आएसँगै विकासको अवधारणामा पनि परिवर्तन आउनुपर्ने थियो । लोकतान्त्रिक प्रणालीमा जनताको खुला… पुरा पढौ

गिद्धको अन्तीम बिदाईमा भावशून्य हुँदा

२०७९ फागुन २७ गते शनिबार, चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको ‘गिद्ध संरक्षण तथा प्रजन्न केन्द्र’मा कोरलीएका र त्यहा हुर्काइएका दुर्लभ डंगर गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने (भल्चर रिलीज) कार्यको अन्तीम पटकको ऐतिहासीक दिन थियो । ‘एशियाली गिद्ध लोपहुनबाट बचाँउ–सेभ’ को १२ औ बैठकबाट सहभागी हामी अंकित बिलास जोशी, देउ बहादुर राना र डि.बि. चौधरी शुक्रबार साझ नै नवलपरासी जिल्लाको कावाशोती, पिठौलीमा रहेको जटायु रेष्टुरेन्ट क्षेत्रमा फर्किएका थियौ । कार्यक्रमको पुर्वतयारी गरी सुत्दा रातको ११ बजेको थियो तर म बिहान… पुरा पढौ

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

काठमाडौँ । ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाइँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न… पुरा पढौ

जाडोमा हृदयाघातको उच्च जोखिम

काठमाडौँ, २८ पुस । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन्… पुरा पढौ

स्वाभिमानी जीवनका लागि सूर्यको उपाय

काठमाडौँ । ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी र त्यसको बनावट सूर्य हो । तापक्रम बिना शरीर निष्कृय हुन्छ । सूर्यले शरीरको ताप नियन्त्रण गर्छ । मानव जीवनमा सूर्यको महत्व ज्योतिष शास्त्रीय हिसाबले… पुरा पढौ