चर्को विरोधपछि मापदण्डसहित महानगरले तरकारी तथा फलफूल भित्र्याउन दिने
पोखरा । कोरोना भाइरस संक्रमण फैलिनसक्ने भन्दै आयतीत फलफूल तथा तरकारी भित्र्याउन रोक लगाएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरी भित्र्याउने भएको छ । सोमवार महानगरले निर्देशनात्मक सूचना जारी गरी पोखरा महानगरपालिकामा अन्यत्र जुनसुकै स्थानबाट अत्यावश्यक वस्तुका रुपमा फलफूल तथा तरकारी भित्र्याउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने बताएको छ । सूचनामा कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी अनिवार्य रुपमा आवश्यक चेकजाँच गर्ने, फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल अनिवार्य रुपमा पेश गर्नुपर्ने, खरिद मूल्य…
पुरा पढौ
गलैंचा २७ लाखमा फेरिंदै, करोडको प्रचार
काठमाडौ । राष्ट्रपति कार्यालयको बैठक कक्षमा गलैंचा फेर्ने कम्पनीका सञ्चालकले लागत भन्दा तेब्बर रकम बढाई गलैंचा फेर्न लागियो भनी अफवाह फैलाइएकोप्रति आश्चर्य प्रकट गरेका छन् । सोमबार केही सञ्चारमाध्यमबाट शितल निवासमा एक करोडको गलैंचा फेर्न लागिएको समाचार बाहिर आएको थियो । तर, गलैंचा फेर्न टेण्डर पारेका हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङले जम्मा काम नै २७ लाख ५४ हजारको टेण्डर खुलेको जानकारी दिनुभयो । हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङ ‘त्यहाँका बैठक कोठामा गलैंचा फेर्ने जिम्मेवारी हामीले नै पाएका हौं…
पुरा पढौ
‘होटल बन्द गर्ने र तलब कटौती गर्ने प्रस्ताव अमान्य’
पोखरा । आगामी ६ महिनासम्म होटल बन्द गर्ने र मजदुरको तलब कटौती गर्ने गरी होटल व्यवसायीहरूले अगाडि सारेको प्रस्ताव आफूहरूलाई मान्य नहुने होटल मजदुरहरूले जनाएका छन । होटल संघ नेपाल (हान)ले कोरोना भाइरसका कारण संकट उत्पन्न भएको भन्दै ६ महिना तारे होटल बन्द गर्ने र कर्मचारीहरुलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय प्रस्ताव गरेको थियो । मजदुरहरूले चाहिँ आफूहरूसँग छलफल नै नगरि उक्त प्रस्ताव ल्याइएको भन्दै फिर्ता गर्न आग्रह गरेका छन । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ,…
पुरा पढौ
शिवरात्रीको पर्वलाई लक्षित गर्दै पोखरामा २ करोड बराबरको उखु भित्रियो
पोखरा, ८ फागुन । महाशिवरात्री पर्वलाई लक्षित गर्दै पोखरामा करिब २ करोड मूल्य बराबरको उखु भित्रिएको छ । गतवर्षको तुलनामा यस वर्ष दोब्बर उखु भित्रिएको कृषि बजार व्यवस्थापनका योजना सहायक रुपा दाहालले बताइन् । उनले बुधवारसम्ममा ११५ टनभन्दा बढी उखु भित्रिएको बताए । यसै गरी २५ वर्षदेखि पोखरामा उखु व्यापार गर्दै आएका झापाका व्यापारी रेवती घिमिरेले पनि गतवर्षको तुलनामा दोब्बर उखु भित्र्याएको बताएका छन् । पोखरामा विभिन्न जिल्लाबाट उखु भित्रिएको छ । यस वर्ष सुनसरी, झापा, मकवानपुर, धादिङ र गोरखाबाट…
पुरा पढौ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
पोखरा । नेपाल आयल निगमले इन्धनको घटाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले विज्ञप्ति प्रकाशित गरी सोमबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा केही घटेर आएको हुँदा स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोलरडिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले जनाएको छ ।
पुरा पढौ
राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्
काठमाडौँ, माघ १८ गते ।पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर…
पुरा पढौ
६० करोडको लगानीमा होटल शारा बाई आइडिया संचालनमा
पोखरा, ६ माघ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सोमवारदेखि होटल शारा बाई आईडीया संचालनमा आएको छ । उक्त होटलको एक समारोहका बिच गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त सहितका अन्य एनआरएनहरुले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष पन्तले नेपालका होटलहरुमा धेरै कुरामा पूर्णता भएपनि सफाईमा धेरै चुकेको गुनासो गरे । नेपालमा बाहिरको पूँजी भित्राउदै देशको समृद्धि हासिल गर्न नयाँ प्रविधि भित्राउन आफुहरु कटिबद्ध भएको उनले जनाए । होटल शारा बाई…
पुरा पढौ