विजनेश

सानिमा मिडिल तमोरको आइपिओ खुला

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशमलव ५० मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै आज वृद्धि भएको छ । विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर रू एक… पुरा पढौ

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

काठमाडौँ, १६ फागुन । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार… पुरा पढौ

आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर

माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् रु तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका रु एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका… पुरा पढौ

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन र… पुरा पढौ

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो । नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५२ करोड… पुरा पढौ