विजनेश

साउन १८ गतेदेखि आईपीओ निष्कासन गर्दै अभियान लघुवित्त

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ९ लाख… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ, ४ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ । कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ३ साउन । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २२ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अङ्कले उकालोे लागेर ३८८.९१ मा पुगेको छ । कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल… पुरा पढौ

अप्परसोलुको आइपीओ खुला

काठमाडौँ । अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले कूल निष्कासनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर… पुरा पढौ

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

काठमाडौँ, १५ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । कम्पनीले निष्काशन… पुरा पढौ

नेप्से परिसूचक पुनःओरालो यात्रामा

काठमाडौँ, १३ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा एक दिन पनि कायम रहन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८५ अङ्कले ओरालो लागेर एक हजार ९३३.१३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०२ अङ्कले ओरालो लागेर ३७५.८२ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर रु दुई अर्ब चार करोड ४८ लाख ३१ हजार ९४८ बराबर मूल्यमा कारोबार भयो । सोमबारको… पुरा पढौ