विजनेश

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ । यस्तो परिसूचक ९.५५ अङ्कले ओरालो लागेर ४७९.३९ पुगेको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ । नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अङ्कले ओरालो लागेर ४९५.११ मा आएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको आजको बजारमा कूल २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर रु दुई अर्ब चार करोड ६३ लाख ५२ हजार ५४७ मा खरिद… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर रु दुई अर्ब ५१ करोड ८८ लाख ९४… पुरा पढौ

सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्ने लागेको हो । निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट… पुरा पढौ

घट्यो नेप्से परिसूचक

काठमाडौँ, ६ चैत  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ०.५६ प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अङ्कले ओरालो लागेर ४९४.३८ पुगेको छ । आजको बजारमा नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता… पुरा पढौ

जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । बुद्ध एयरले थप एटिआर–७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरुपमा बजार विस्तारमा लागेको हो । बुद्ध एयरले हालै थप एक थान एटिआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग अब ११ वटा एटिआर–७२, तीनवटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् । बुद्ध एयरका सूचना अधिकारी… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक… पुरा पढौ