विजनेश

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार… पुरा पढौ

प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २४०मा आएको महासङ्घले जनाएको… पुरा पढौ

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५।५५ अंकले वृद्धि भई दुई हजार ८८५।५३ मा पुगेको छ । यस्तै,… पुरा पढौ

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर दुई हजार ७७९.९८ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अङ्कले बढेर ५१८.७२ मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर रु तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार… पुरा पढौ

स्याङ्जाको एउटै गाउँबाट एक करोड बढीको सुन्तला बिक्री

वालिङ । यहाँको एउटै गाउँबाट यसपटक एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताउनुभयो । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् । “गत वर्षको तुलनामा यस वर्ष सुन्तला… पुरा पढौ