विजनेश

घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५… पुरा पढौ

नेप्सेमा ६०.४१ अङ्कको वृद्धि

काठमाडौँ, १८ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९८३ कित्ता… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर दुई हजार ५२१.६५ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.८५ अङ्कले ओरालो लागी ४७१.८९ मा ओर्लेको छ । कूल २३८ कम्पनीको एक करोड दुई लाख ९२ हजार २२६ कित्ता शेयर रु पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौं । धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ । कूल २३१ कम्पनीको ८६ लाख एक हजार ९५६ कित्ता शेयर रु पाँच अर्ब १७ करोड ३२… पुरा पढौ

सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

पर्वत । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिनुभयो । “प्राविधिक परीक्षणका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा… पुरा पढौ

नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

काठमाडौँ, ७ पुस। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि त्यसको प्रभाव बजारमा परेकाले शेयर मूल्यमा सुधार देखिएको बताइन्छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर दुई हजार ५०७.७० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ… पुरा पढौ

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणा : नविल ३८ र सिभिलले पाँच प्रतिशत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् । घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारणसभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारणसभाको तयारीमा छन् । सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नवील बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ ।… पुरा पढौ