अर्थतन्त्र

राष्ट्र बैङ्कले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दै छ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ । राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ । गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् । पुरा पढौ

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौँ, ५ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागर दुई हजार ४४.७२ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अङ्कले ओरालो लागेर ३९१.६४ मा ओर्लिएको छ । कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका… पुरा पढौ

धितोपत्र बजार : सात अर्ब २० करोडको आइपीओ बिक्री, सात अर्बकै प्रतीक्षा

काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाउन्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ, ४ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ । कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ३ साउन । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ३० असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ । कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर रु दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए । बिहीबारको कारोबारपछि बजार… पुरा पढौ

चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षित रूपमा राजस्व सङ्कलन हुन सकेको छैन । सरकारको दैनिक हिसाब-किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कूल ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत… पुरा पढौ