अर्थतन्त्र

मंगलवार ३७ अङ्कले बढ्यो नेप्से

काठमाडौं । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३७ दशमलव ४९ अंक बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक १ हजार ९२२ दशमलव ३० विन्दुमा पुगेको हो । कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ । मङ्गलवार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएका… पुरा पढौ

हिमालयन हाइड्रोपावर आइपीओ आउँदै

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी छ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा… पुरा पढौ

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुग्यो, डिजेल र मट्टितेलको १९२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको… पुरा पढौ

नेप्से परिसूचकमा जारी पहिरो रोकिएन

काठमाडौँ, ५ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री… पुरा पढौ

२१ खर्ब खर्चेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट

काठमाडौँ, ४ असार । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्तरूपमा आगामी आवमा कूल रु २१ खर्ब बराबरको बजेट खर्च गर्ने भएका छन् । सङ्घीय सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सङ्घीय संसद्को दुईवटै सदनको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गरेका थिए । यस्तै, प्रदेश सरकारका तर्फबाट अर्थमन्त्रीहरूले यही असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको कूल रु २० खर्ब ९९ अर्ब २९ करोड बराबरको बजेट प्रस्तुत भएको देखिन्छ । आगामी… पुरा पढौ

नेप्से परिसूचकको पहिरो जारी

काठमाडौँ, ३ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अङ्कले ओरालो लागेर ३८१.१४ मा ओर्लेको छ । कूल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता शेयर रु ७३ करोड ६३ लाख १२ हजार १५८… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका… पुरा पढौ