अर्थतन्त्र

छापावाला सुनको मूल्य ८० हजार ७ सय पुग्यो

पोखरा, २२ फागुन । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा बिहीवार छापावाला सुनको प्रतितोला मूल्य ८० हजार ७ सय र तेजावी सुनको मूल्य ८० हजार ४ सय पुगेपछि अहिलेसम्मकै उच्च मुल्यको रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार बुधबार प्रतितोला ८० हजार ५०० मा कारोबार भएको थियो । आज बिहीबार २ सय बढेर नयाँ रेकर्ड बनाएको हो । नेपालको इतिहासमा अहिलेसम्म कै उच्च मूल्य रहेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा… पुरा पढौ

५१ अंकले बढ्यो नेप्से, सेयर बजारमा खुशीयाली

काठमाडौं, १४ फागुन । केही दिनदेखि उकालो लागेको पूँजी बजारले बुधबार पनि नयाँ किर्तिमान कायम गरेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ९३ अंक बढ्दा रू. ४ अर्ब १५ करोडभन्दा बढीको शेयर कारोबार भई रकमका आधारमा नयाँ कीर्तिमान कायम भएको छ । यसअघि नेप्सेमा आइतवार रू. ३ अर्ब ६० करोडको कारोबार भएको थियो । यस्तै बुधवार ५० दशमलव ९३ अंकले नेप्से परिसूचक बढ्दा १ हजार ५९६ दशमलव १३ विन्दुमा कायम रहेको छ । जुन ३० महीना यताकै… पुरा पढौ

बुधबार पहिलो घण्टामा ३३.४५ अंकले बढ्यो नेप्से

फागुन १४, काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३३ दशमलव ४५ अंकले बढेर १ हजार ५७८ दशमलव ६५ विन्दुमा पुगेको छ । १ हजार ५४७ दशमलव २१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा २ दशमलव १७ प्रतिशत बढेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार पनि बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् । बुधवार पहिलो घण्टाको कारोबारमा… पुरा पढौ

सुनकाे मूल्य ८० हजार नाघ्यो

पोखरा, १२ फागुन । नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ । सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको छ । नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो । आइतबारको तुलनामा सोमबार बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो । सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ । चाँदी प्रति… पुरा पढौ

सुन ७८ हजार नाघ्यो

काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक… पुरा पढौ

शिवरात्रीको पर्वलाई लक्षित गर्दै पोखरामा २ करोड बराबरको उखु भित्रियो

mardi news
पोखरा, ८ फागुन । महाशिवरात्री पर्वलाई लक्षित गर्दै पोखरामा करिब २ करोड मूल्य बराबरको उखु भित्रिएको छ । गतवर्षको तुलनामा यस वर्ष दोब्बर उखु भित्रिएको कृषि बजार व्यवस्थापनका योजना सहायक रुपा दाहालले बताइन् । उनले बुधवारसम्ममा ११५ टनभन्दा बढी उखु भित्रिएको बताए । यसै गरी २५ वर्षदेखि पोखरामा उखु व्यापार गर्दै आएका झापाका व्यापारी रेवती घिमिरेले पनि गतवर्षको तुलनामा दोब्बर उखु भित्र्याएको बताएका छन् । पोखरामा विभिन्न जिल्लाबाट उखु भित्रिएको छ । यस वर्ष सुनसरी, झापा, मकवानपुर, धादिङ र गोरखाबाट… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Mardi News
पोखरा । नेपाल आयल निगमले इन्धनको घटाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले विज्ञप्ति प्रकाशित गरी सोमबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा केही घटेर आएको हुँदा स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोलरडिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले जनाएको छ । पुरा पढौ