अर्थतन्त्र

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेर दुई हजार ३५६.१७ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अङ्कले ओरालो लागेर… पुरा पढौ

वार्षिक व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ । विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । यो वर्ष सरकारले ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ… पुरा पढौ

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

काठमाडौँ, १४ वैशाख । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ । भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि

काठमाडौँ, ११ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो लागेर दुई हजार ४२०.९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७.७४ अङ्कले उकालो लागेर ४६०.८८ मा पुगेको छ । नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको… पुरा पढौ

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि …..

काठमाडौँ, ११ वैशाख । नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार नेपाली नागरिक रोजगारीको खोजीमा विदेश उड्छन् । कृषि प्रधान मुलुकका रुपमा देश चित्रित छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले जनाएको छ । विप्रेषणको पैसामा उपभोग्य सामग्री खरिद गरेर जताबाट आयो उतै पठाउने नेपालीको आम… पुरा पढौ