अर्थतन्त्र

उपकार लघुवित्तको आइपिओ खुला

काठमाडौँ, २५ चैत । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि… पुरा पढौ

सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाडौँ, २३ चैत । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । आज समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दाङ, भैरहवा, नेपालगञ्जलगायतका जिल्लामा अनुगमनका लागि जान लागिएको भन्दै तत्काल आयात अनुमति रोक्न निर्देशन दिएको हो । “हामीले सुपारी, मरिचलगायतका प्रतिबन्ध लगाइएको वस्तुको आयात रोक्नुपर्ने माग राख्दै आएका… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओर्लेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै… पुरा पढौ

नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३.४१ बिन्दुमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४ अङ्कले ओरालो लागेर ४६९.०३ मा सिमित भएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर रु एक अर्ब ४६… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अङ्कले ओरालो लागेर दुई हजार ५४४.३० मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.६० अङ्कले ओरालो लागेर ४७५.४७ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २२८ कम्पनीको ३७ लाख ८७ हजाार ४५ कित्ता शेयर रु एक अर्ब… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई हजार ५२७.५८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.१५ अङ्कले ओरालो लागेर ४७१.९३ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर रु एक अर्ब ७५ करोड ६ लाख २८ हजार १९९… पुरा पढौ

नेप्सेमा ३०.४३ अङ्कको गिरावट

धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।… पुरा पढौ