अर्थतन्त्र

आठ खर्ब ८० अर्बको व्यापार घाटा

काठमाडौँ, २६ माघ । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ । कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । कूल २३० कम्पनीको एक… पुरा पढौ

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ, २५ माघ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड)को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद… पुरा पढौ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से ४०.५७ अंकले ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिएको छ। यसदिन सूचक २८ सय ३६.१७ विन्दुमा बन्द हुँदा ५ अर्ब बराबरको सेयर कारोबार भयो। यसअघि सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.५८ अंकले ओरालो लागेर २८७६.७४ विन्दुमा अडेको थियो। आइतबार कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। वित्त समूहको सर्वाधिक २.४१ प्रतिशतले घटेको छ। डेभलपमेन्ट बैंकको १.९६, व्यापारको १.६६, जलविद्युतको १.१३, अन्यको १.६८, लगानी… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार… पुरा पढौ