अर्थतन्त्र

पाल्पामा बेमौसमी आलु खेती

पवित्रा घिमिरे, तानसेन । पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रम अन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो । न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदमा उम्रेको आलुको टुसालाई उपचार विधिमार्फत तयार पारिएको बीउ नै वर्षातका समयमा रोपिने गरिन्छ । जिल्लाको निस्दी र… पुरा पढौ

आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाण्डौं । विदेश जाने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।… पुरा पढौ

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौँ । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ को निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान,… पुरा पढौ

आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६र०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरिएको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कोभिड–१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८र०७९ को सम्पत्ति करमा थप ८० प्रतिशत… पुरा पढौ

गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रबर्द्धनमा नौलो आयाम

पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारी बाट स्व. क्याप्टेन रुद्रमान गुरुङको अबधारणा अनुसार सुरुभएको घरवास (होम स्टे) कार्यक्रम अहिले नेपालब्यापी भएको छ। खासगरी स्थापित पर्यटक पदमार्ग भन्दा बाहिर रहेका र आफ्नै मौलिक संस्कृति, रहनसहन, भेषभुषा, खानपिन भएका गाउँठाउँका घरवासहरु पछिल्लो समय चर्चित र प्रख्यात बनेका छन् । शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यबहारका कारण स्वदेशी तथा बिदेशी पर्यटकहरु ले होमस्टे पर्यटन रुचाएको पाइन्छ । स्याङ्जाको सिरुवारी अनि सुन्तलावारि, पर्वतको चित्रे, भुकदेउराली, कास्कीको ल्वाङ, ताङतिङ्ग, याङ्जाकोट, लमजुङको घलेगाँउ , राईनासकोट,… पुरा पढौ

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम रु दुई लाख

सउल । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ ।… पुरा पढौ

‘एग्रो टुरिज्म’ सपना

खेमराज गौतम, गलकोट । कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षका टोपबहादुर खत्री र गलकोट–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गर्नुभएको हो । खत्री १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आउनुभएको थियो भने थापा १९ वर्ष भारतीय सेनाका अवकास प्राप्त सैनिक हुनुहुन्छ । कोरोना कालमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेलामा व्यावसायिक फार्मको सोच आएको खत्री बताउनुहुन्छ । बन्द,… पुरा पढौ