अर्थतन्त्र

किबी झर्न थालेपछि कृषक चिन्तित

हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ । वर्षात का कारण बारीमा लगाएको किबी फल धमाधम झर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । भर्खर फल हुर्कदै गर्दा डाँठ कुहिएर फल नै झर्न थालेपछि उत्पादनमा समेत गिरावाट आउने भन्दै कृषकहरु थप चिन्तित बनेका छन् । जिल्लामा अहिले ११५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा… पुरा पढौ

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धन लािग बजेट लगानी गरिएको छ । रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको रु १० लाख र अन्य… पुरा पढौ

सिस्ने पदमार्गको पहिचान सम्पन्न

रुकुम –पूर्वमा सिस्ने पदमार्गको ९ट्राभल ट्रेक० पहिचान गरिएको छ । करिव ३७ दिन लगाएर पदमार्गको पहिचान सकिएको बाँफीकोट गाउँपालिकाका हिमाल आरोही मानबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँको नेतृत्वको टोलीले ‘सिस्ने ट्राभल ट्रेक’ पहिचान गरेका थियो । ‘सिस्ने राउण्ड’को पहिचान पनि सोही टोलीले गरेको थियो । सो टोलीले ट्राभल ट्रेकको लागि तीन खण्डमा काम गरेको थियो । जिल्ला सदरमुकाम रुकुमकोटलाई जिरो प्वाइन्ट बनाएर शुरुआत हुने ट्राभल ट्रेक सिस्ने २ को नायगाड हँुदै लैपा पुगिने जनाइएको छ । त्यहाँबाट भने तीन खण्डको… पुरा पढौ

सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन… पुरा पढौ

अन्नपूर्णको बजेट ७५ करोड़ २५ लाखः कृषि, पर्यटन तथा पूर्वाधारमा जोड

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताए । गाउँपालिकाले आव २०७८/७९ का लागि चालुतर्फ रु ५३ करोड २० लाख ७८ हजार र पूँजीगत तर्फ २२ करोड ४ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विषयगत… पुरा पढौ

नेप्से उच्च अङ्कले घटदा लगानीकर्ताले ९८ अर्ब गुमाए

काठमाडौँ । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ । आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण आजको कारोवारपछि घटेर रु ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यस आधारमा आइतबारको तुलनामा आज मात्रै बजार पूँजीकरण रु ९८ अर्बले घटेको… पुरा पढौ

सरकारले सार्वजनिक गर्यो १६ खर्व ४७ अर्व ५७ करोडको बजेट

सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि १६ खर्व ४७ अर्व ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । गतवर्ष भन्दा बजेटको आकार बढेको हो ।  चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए । बजेटमा कोभिड नियन्त्रणलाई उच्च… पुरा पढौ