अर्थतन्त्र

नेप्से तीन वर्षकै उच्च, करिब ३० अर्बको सेयर कारोबार

साउन महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३००० विन्दुमा बन्द भएको छ। बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो । नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष ९१५ भदौ २०७८० कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको… पुरा पढौ

नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबार, परिसूचक ९४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

काठमाडौँ, २२ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ । कुल पाँच करोड… पुरा पढौ

नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार… पुरा पढौ

नेप्से परिसूचक पाँच दशमलव २९ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु. २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात… पुरा पढौ

शेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च रू. २१ अर्ब ९१ करोड बराबरको कारोबार

काठमाडौँ । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । आज बुधवार नेप्से परिसूचक २ दशमलव ३८ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७६० दशमलव ९० विन्दुमा पुगेको हो । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ… पुरा पढौ

सेयर बजार २७०० नजिक पुग्यो, सवा १७ अर्बको कारोबार

मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिन २०।६३ अंक घटेको बजार मंगलबार भने ३५।५५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ । २ः४० बजे नेप्से २७०९ अंकसम्म पुगेको थियो । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९… पुरा पढौ