अर्थतन्त्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, १९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ । आजको कारोबारमा व्यापार… पुरा पढौ

उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

काठमाडौँ, १८ असार । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो । आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि… पुरा पढौ

सरकार परिवर्तनको सहमतिसँगै नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ, १८ असार । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ । आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १७ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ दलाख… पुरा पढौ

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

काठमाडौँ, १३ असार । पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो । यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ । वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन्… पुरा पढौ

नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

काठमाडौँ, ११ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ समूह शून्य दशमलव… पुरा पढौ