अर्थतन्त्र

शेयर बजार साढे ५४ अङ्कले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ । नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक… पुरा पढौ

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो

काठमाडौ, २९ पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक… पुरा पढौ

पहिलो तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौँ, २७ पुस । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो । “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ । उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना… पुरा पढौ

नेप्सेको उकालो यात्रा कायमै

काठमाडौँ, २५ पुस । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ… पुरा पढौ

नेप्से परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि

काठमाडौँ, २४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज जलविद्युत् समूह… पुरा पढौ

नेप्से परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार

काठमाडौँ, २३ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलब ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलब ४९ को बिन्दुमा कायम भएको छ । तीन सय नौ कम्पनीको आज एक करोड ३७ लाख नौ हजार दुई सय ७६ कित्ता शेयर ९९ हजार पाँच सय २४ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय छ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड… पुरा पढौ

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

काठमाडौँ, २२ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ बराबरको कारोबार भएको छ । जलविद्युत् समूहको उपसूचक… पुरा पढौ