अर्थतन्त्र

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

काठमाडौँ, २४ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो ।… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २१ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कूल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर रु दुई अर्ब ७९ करोढ… पुरा पढौ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १९ मङ्सिर । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ, १८ मङ्सिर । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार छ सय

काठमाडौँ, १८ मङ्सिर । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २०… पुरा पढौ

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट

काठमाडौँ, १७ मङ्सिर । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ । आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ । लघुवित्त समूहमा शून्य दशमलव… पुरा पढौ