अर्थतन्त्र

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, ६ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ । म्युचुअल समूहको उपसूचक शून्य दशमलव ०३… पुरा पढौ

देशको अर्थतन्त्र उकास्न सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे राजनीतिक दल, निजी क्षेत्र, अर्थतन्त्रका विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरेका छन् । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहालले सोमबार विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए । अर्थतन्त्र सुधारका अनेकौँ प्रयासका बाबजुद पनि समग्र आर्थिक अवस्था लयमा फर्किन नसकेपछि अबको बाटो कसरी तय गर्ने भनेर सरकारले सबै सरोकारवाला निकाय र पक्षसँग परामर्श थालेको हो । आजको छलफलमा प्रधानमन्त्री… पुरा पढौ

नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट

काठमाडौँ, ५ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८५ कम्पनीको ३६ लाख ७५ हजार एक सय एक कित्ता शेयर ३७ हजार छ सय सात पटक खरिदबिक्री हुँदा रू ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार… पुरा पढौ

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, ४ मङ्सिर । तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ । आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ । आज होटल… पुरा पढौ

भारतबाट छठका लागि ४ करोडको केरा आयात

धनुषा, १ मङ्सिर । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौं, २० कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ । कूल ३५ लाख ५५ हजार… पुरा पढौ

शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौँ, १५ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको… पुरा पढौ