अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले बढेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा तीन लाख १३ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३०० रुपैयाँले बढेर तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।  पुरा पढौ

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो । आज बजार खुले लगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा… पुरा पढौ

नेप्से परिसूचकमा दोस्रो सर्किट, केही समय कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक १३५ अङ्क अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ । दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ । हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक… पुरा पढौ

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ । व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ५ अर्बभन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो । आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ दशमलव ३६ को कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा… पुरा पढौ