अर्थतन्त्र

नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

काठमाडौं । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारमा नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि भई एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलव ३८ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ४५ मा पुगेको छ । नेप्सेका अनुसार कारोबार… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ, ७ पुस । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर… पुरा पढौ

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार केही देशले तुलनात्मकरुपमा चर्को मूल्यवृद्धि खेपिरहेका छन् । दक्षिण एसियाली देश श्रीलङ्का पनि चर्को खाद्य मूल्यवृद्धि भएका दश मुलुकको सूचीभित्र छ । फुड सेक्युरिटी अपटेड प्रतिवेदनअनुसार अहिले… पुरा पढौ

लेखनाथ महोत्सवमा दृष्टिविहीन व्यवसायी र उद्यमीलाई निशुल्क स्टल

पोखरा । लेखनाथमा हुने १८औं लेखनाथ महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने भएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा महोत्सव प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले पुस ७ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने जानकारी दिएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित लेखनाथमा हुने १८औं लेखनाथ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएकाे छ । ओझाले महोत्सवमा ३ सय ३७ स्टल रहेको बताउदै महोत्सवमा दृष्टिविहीन उद्यमी… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ५ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक… पुरा पढौ

नेप्समा झिनो अङ्कमा सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि… पुरा पढौ