लेखनाथ महोत्सवमा दृष्टिविहीन व्यवसायी र उद्यमीलाई निशुल्क स्टल

-


     मर्दी न्युज    
     पुस ५ गते २०७९ मा प्रकाशित


पोखरा । लेखनाथमा हुने १८औं लेखनाथ महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने भएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा महोत्सव प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले पुस ७ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने जानकारी दिएको हो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित लेखनाथमा हुने १८औं लेखनाथ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएकाे छ । ओझाले महोत्सवमा ३ सय ३७ स्टल रहेको बताउदै महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई केही स्टल निःशुल्क प्रदान गरिने ओझाले बताए ।

लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा १८ कविले १८ कवितावाचन गरेका छन् । कवि शिरोमणी लेखनाथ पौडेलको सम्मानमा शिरोमणिद्वारा रचित १८ कविता १८ कविले वाचन गरेका हुन् ।

महोत्सवमा रेस्टुरेन्ट, हस्तकला, कृषि, अटो, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधी र उद्योगका स्टल रहने प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए ।

१० करोड कारोबार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी र ८५ लाख खर्च भई १० लाख बचत हुने अपेक्षा छ । बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गर्ने संघको योजना छ ।

कोरोना भाइरसको महामारी र रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले थला परेको व्यवसायलाई र देशको अर्थतन्त्रलाई चलायन बनाई आर्थिक गतिविधि बढाउने तथा औद्योगिक उत्पादन तथा हस्तकला सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सवलाई निरन्तरता दिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय बताए ।

उनका अनुसार महोत्सव कोभिड १९, रुस युक्रेन युद्ध, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याजले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, पहिचान, उद्यमशिलता, प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कलासंस्कृतिको संरक्षण, जर्गेना तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणलाई सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको बताए ।

महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ५०, साधारण टिकत तर्फ ८०, कन्सर्ट टिकट १ सय ५० र जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डको आधारमा निशुल्क प्रवेश गरिने अध्यक्ष आत्रेयले जानकारी दिए ।

वि‍.स. २०५८ सालबाट सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव २०६१ बाट लेखनाथ महोत्सवमा परिवर्तन भई निरन्तर सञ्चालन हुदै आएको छ ।