शिक्षा

एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ । परीक्षा बोर्डले सार्वजनिक सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो। हेर्नुहोस् सूची पुरा पढौ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक: मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन् । गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने बताए । उनले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग जोडिने किसिमको हुनुपर्नेमा जोड दिँदै उच्च शिक्षा पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशिने प्रवृत्ति बढ्दो चिन्ताको विषय भएको बताए । शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले… पुरा पढौ

शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न तथा अवाञ्छित रूपमा शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँदै यस्ता कार्य जारी राखे कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने समय निर्धारण गरिसकेको छ । यसअघि सर्वोच्च अदालतले पनि शैक्षिक सत्र औपचारिक रूपमा सुरु… पुरा पढौ

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय

देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिएको हो । यससँगै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ । पुरा पढौ

एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको र भोलि बिहीबारदेखि परीक्षा सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ। शैक्षिक क्यालेन्डर अनुसार एसइई परीक्षा चैतको पहिलो साता हुनुपर्ने थियो। तर, २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण परीक्षा १९ चैतमा सारिएको हो। परीक्षणका लागि प्रश्न पत्र र उत्तरपुस्तिका सबै केन्द्रमा वितरण भइसकेका छन्। केन्द्राध्यक्षहरू नियुक्त भई सम्बन्धित परीक्षा केन्द्रमा पुगेका छन्। परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटाइएको… पुरा पढौ

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयको वरिपरि उतिसको जङ्गल छ । सुक्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन् । शिक्षिका पवित्रा तामाङ भन्छिन्, “भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जङ्गलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन ।” माघको अन्तिम सातादेखि झुसिल्किरा… पुरा पढौ

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन: प्रधानमन्त्री कार्की

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औँ दीक्षान्त समारोहमा उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणमा प्रत्यक्ष जोड्नुपर्ने विचार राखेकी हुन् । नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो । ‘विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो संख्यामा युवा… पुरा पढौ