शिक्षा

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित हुँदै

गण्डकी । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना विद्यार्थी आज दीक्षित हुँदैछन् ।  पोखरा महानगरपालिका-३० खुदी ढुंगेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र संकायमा उच्च शिक्षा हासिल गरेका उनीहरूलाई उपाधि प्रदान गरिने  विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। व्यवस्थापन संकायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि संकायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र संकायबाट १२६ जनालाई उपाधि दिइने छ ।  उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने… पुरा पढौ

शिक्षाशास्त्र सङ्कायमा विद्यार्थी अभिमुखीकरण

पोखरा । पृथ्वीनारायण क्याम्पस, शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तह प्रथम सत्रमा भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत सोमवार सम्पन्न कार्यक्रममा अङ्ग्रेजी शिक्षाका सहप्रा. डा. नवराज न्यौपानेले सेमेस्टर प्रणालीमा आधारित भई प्राध्यापक तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारेका थिए । न्यौपानेले सेमेस्टर प्रणालीबाट विद्यार्थीहरूलाई नियमित भई सिकाइमा सहभागी हुनुका साथै राष्ट्रका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा सहयोग पुग्ने हुँदा सत्र प्रणालीमा आधारित कार्यक्रमको महत्त्व रहेको स्पष्ट पारे। यस क्रममा उनले सत्र प्रणालीमा आधारित… पुरा पढौ

रामकोट माविमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय जना लाभान्वित

पोखरा, २२ पुस । कास्कीको रूपा गाउॅंपालिका–७ मा रहेको रामकोट माविमा सोमवार वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयले स्वर्ण महोत्सवको चौथो दिन रोटरी क्लव अफ पोखरा मिडटाउनको सहयोगमा सम्पन्न शिविरमा करीव ३ सय जना लाभान्वित् भएको मूल आयोजक समितिका सदस्य एवम् अर्थ संकलन उपसमितिका संयोजक विमलवावु न्यौपानेले जानकारी दिए । उक्त शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी,आँखा, रोग सम्बन्धि परीक्षण तथा अल्ट्रासाउण्ड लगायतका सेवाहरू उपलब्ध गराएको थियो । शिविरमा वरिष्ठ… पुरा पढौ

रामकोट माविको स्वर्ण महोत्सव जारी, सोमवार वृहत स्वास्थ्य शिविर हुदै

पोखरा, २० पुस । रूपा गाउॅंपालिका–७ मा अवस्थित रामकोट माविको यही पुस १८ गतेबाट सुरु भएको स्वर्ण महोत्सव जारी रहेको छ । महोत्सवको विविध कार्यक्रम अन्तर्गत पुस १९ गते अन्तर सदनात्मक खेलकूद र २० गते वडास्तरीय (कक्षा १–५) हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी पुस २१ गते सोमवार रोटरी क्लव अफ पोखरा मिडटाउनको सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त शिविरमा फिजिसियन,सर्जरी,स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी, आँखा, रोगसम्बन्धि परीक्षण तथा अल्ट्रासाउण्ड… पुरा पढौ

बालबालिकालाई न्यानो कपडा वितरण

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो । जसअन्तर्गत माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३, माझथर मावि माझथरका ३६५ र भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उनले बताए ।  त्यसैगरी, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७, मूलदेवी आधारभूत… पुरा पढौ

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज

कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछ । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए । उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको… पुरा पढौ

पोखरामा पनि त्रिभुवन विश्वविद्यालयको च्याप्टर सुरु हुने

काठमाडौँ। पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको बताए । ‘यस पटकको नीति तथा कार्यक्रममा पोखरालाई प्रादेशिक च्याप्टरको रूपमा एउटा टियू च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुन सक्छ । अर्को हप्तामा हामी स्थलगत… पुरा पढौ