मनोरन्जन

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौँ । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष दुई सय ३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन… पुरा पढौ

‘लालीबजार’ मा फरक भूमिकामा छु: अभिनेत्री खड्का

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताएकी छन् । उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि पत्रकारसँग कुराकानी गर्दै अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताए। अभिनेत्री खड्काले भनिन्… पुरा पढौ

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्स घोषित

ललितपुर । मेरो भ्वाइस युनिभर्स सिजन-२ को विजेता प्रथम गुरुङ घोषित भएका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ भएकी छन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवै जनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु. एक करोड नगद पुरस्कारसहित रु. २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् । मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई… पुरा पढौ

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ ।  सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ...’ । जहाँ दुई समानान्तर… पुरा पढौ

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

कास्की-रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ । नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम… पुरा पढौ

२०८१ को उत्कृष्ट चलचित्र बन्यो साम्बाला

काठमाडौँ । मीन बहादुर भाम निर्देशित साम्बाला २०८१ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार-२०८१ मा साम्बालाले उत्कृष्ट चलचित्रका पुरस्कार पाएको हो । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् । उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपसना सिंह… पुरा पढौ

हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा

मुस्ताङ । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म… पुरा पढौ