मनोरन्जन

सीमित समयका लागि आएको छु, काम गरेर देखाउँछु: भूवन केसी

पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सीमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए । ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ ।… पुरा पढौ

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

पोखरा, १२ साउन । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु छ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्… पुरा पढौ

चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

पोखरा, १५ असार । चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलवारदेखि शुरु भएको सूचना, प्रविधि र चलचित्र पत्रकारिता विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पोखराको चलचित्र पत्रकारितामा सक्रिय ४० जना पत्रकारको सहभागिता रहेको संघका अध्यक्ष अरुण गिरीले जानकारी दिए । कार्यशालामा प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले कथा लेखन र कथाबाचन, कथाको निर्माण लगायतका विषयमा प्रशिक्षण दिएका थिए । दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताए। कार्यशालमा पोखराका… पुरा पढौ

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने

काठमाडौँ, २२ जेठ । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै १०० कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो ।… पुरा पढौ

अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच मिलापत्र

काठमाडौं । अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच मिलापत्र भएको छ । जेठ १५ गते सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिन हिरासतमा बिताएपछि मंगलवार छुटेका फुर्पाले गल्ती स्वीकार गर्दै माफी मागेपछि मिरुनाले भाई सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ । मिरुना र फुर्पाले संयुक्त रुपमा हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ, ‘कबड्डी ४ : द फाइनल म्याच’को दर्शकसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा… पुरा पढौ

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवा रिहा

काठमाडौँ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो। लामाले काठमाडौँ सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । यस अघि लामाको रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर मंगलबार बिहानैदेखि प्रदर्शन भएको थियो । बौद्ध समुदाय र तामाङ संघसंस्थाले फिल्मको पोस्टर समेत जलाएका थिए । प्रदर्शन… पुरा पढौ

गायक लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडे

काठमाडौँ । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडेका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । उनले हिजो सोमबार समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३६ सयभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६ हजार ४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६ हजार ५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको… पुरा पढौ