मनोरन्जन

गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम

काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ । चैतको १२ देखि २० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम चलचित्र भवन नभएका क्षेत्रलाई लक्षित गरिएको थियो । स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शन गरी जागरण ल्याउन बोर्डमाफत शिक्षा र सन्देशमूलक, सामाजिक विषयवस्तु समेटिएको चलचित्र प्रदर्शन गरिएको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिए । सातै प्रदेशमा चलचित्र घर नभएका स्थानीय निकाय… पुरा पढौ

प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । निर्माता थापा फरार छन् र उनलाई प्रहरीले खोजिरहेको छ । पुरा पढौ

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् । फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ । गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको… पुरा पढौ

हलमा ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेको छ । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो शृङ्खलामा… पुरा पढौ

हलमाः ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसी निर्देशन मा छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन मा रहेकी थिईन् । यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो… पुरा पढौ

लोकवार्ता संरक्षणमा जोड

रामपुर (पाल्पा) । एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ । सात बुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा डा प्रेमकुमार खत्रीले बताए । “लोक संस्कृतिसँग जीवन जोडिएको छ, हाम्रा गाउँघरमा विभिन्न थरिका संस्कृति छन्”, उनी भन्छन्, “लोककला, भाषाभाषी, लोकसाहित्यलाई संरक्षण तथा उजागर गर्न यस अभियानमा जोडिएका छौँ, यसले समुदायमा रहेका लोकसंस्कृति, कलाको विकास हुनेछ ।” लोकवार्ता सबैभन्दा ठूलो सम्पत्ति रहेको उनले जनाउँदै जग्गा, जमिन, धन, सम्पत्ति सङ्कलनमा भन्दा लोकवार्ता संरक्षणमा सबैले… पुरा पढौ

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

मलेखु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन् । उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा छिन् । लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम… पुरा पढौ