मनोरन्जन

पुस २९ गते हार्मोनीमा गुञ्जिंदै दीपा नारायण झा

पोखरा । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारायण झालाई पुस २९ गते पोखरेलीले सुन्न पाउने भएका छन् । पोखरा क्षेत्रमा महिला संगीतकर्मीको संगठन हार्मोनी पोखराको आयोजनामा पोखरा सभागृहमा सदावहार गायिका दीपा झालाई सुन्न पाउने भएको हो । टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा संस्थाले दीपानारायण झालाई उभ्याउन लागेको हो । भारतको पश्चिम बंगालमा जन्मिएकी दीपा गहतराज पछि गायक उदितनारायण झासँग वैवाहिक जीवनमा बाँधिएपछि दीपा नारायण झा बनिन् । उनले सुरुवाती समयमा गाएको चलचित्र ‘कुसुमे रुमाल’को शीर्ष गीत आज पनि नेपालीको… पुरा पढौ

चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

काठमाडौं । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्रस्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । “हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ”, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी… पुरा पढौ

जग्गा खरिद तथा भवन निर्माणार्थ मङ्सिर २४ गते जिफान साँझ गर्ने

पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्जबहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने उनले बताए । कार्यक्रमबाट झण्डै ५ करोड संकलन… पुरा पढौ

कलाकार बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

काठमाडौँ । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । टेलिफिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । पुरा पढौ

टिकटकमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ । स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्र केही समययता महत्वपूर्ण दृश्य भेटिँदा चिन्तित बनिरहनुभएको छ । क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा यसले चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रुचाउनुभएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर ४’, ‘कबड्डी… पुरा पढौ

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

पोखरा, ४ असोज । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु । फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए । त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट… पुरा पढौ

दुर्गा गुरुङ एकल साँझ आज

काठमाडौं । मौलिक लोक तथा दोहोरी गीतमा ख्याती कमाएकी गायिका दुर्गा गुरुङ एकल साँझमा गुन्जिने भएकी छिन् । ‘कला र संस्कृतिको जगेर्ना गरौ’ भन्ने सन्देशसहित गायिका गुरुङको आज राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) जमलमा एक बजेदेखि ‘दुर्गा गुरुङ एकल साँझ-२०७९’ हुन लागेको हो । औपचारिक कार्यक्रमबाहेक उनले झण्डै साढे २ घण्टा लगातार प्रस्तुति दिने छिन् । जसमा एकल र डोयट गरी १३ गीत समावेश गरिने छ । उनकै स्वर सजिएका अरिजिनल गीतहरुमा साथ दिएका चर्चित कलाकारहरु नारायण रायमाझी, शर्मीला गुरुङ, दुर्ग… पुरा पढौ