वातावरण

राङभाङ–भैँसेगौंडा : जैविक सम्पदाले उज्यालिएको पर्यापर्यटनको नयाँ गन्तव्य

स्याङ्जाको पहाडी भूभागमा अवस्थित राङभाङ–भैँसेगौंडा बिहानको पहिलो घामसँगै चराको मधुर स्वरले ब्युँझिन्छ । वनका छायाँमा पुतलीहरू फर्फराउँछन्, घना जङ्गलभित्र चितुवा, चरी बाघ र दुम्सीजस्ता वन्यजन्तु आफ्नै संसारमा रमाइरहेका हुन्छन् । विविध वनस्पति, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको यो गाउँ अब केवल सुन्दर बस्ती मात्र होइन, नेपालको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन थालेको छ । यसै सम्भावनालाई उजागर गर्दै हालै ‘राङभाङ–भैँसेगौंडा बायोडाइभर्सिटी प्रोफाइल’ सार्वजनिक गरिएको छ । प्रकृतिका साथीहरू र मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेको सहकार्यमा… पुरा पढौ

दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै

चितवन । दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुवे जंगली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको छ ।  दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक… पुरा पढौ

मुस्ताङबाट २२ हजार केजी फोहर संकलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो । एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२/८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा संकलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी  दिए ।  एक्याप प्रमुख गुप्तका अनुसार… पुरा पढौ

जलवायु अनुकूलनका लागि नेपालले करिब १ अर्ब ३३ करोड अनुदान पाउने

काठमाडौँ । जलवायु परिवर्तनबाट बढी प्रभावित हिमाली तथा पहाडी क्षेत्रका समुदायको खाद्य प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब रु. १ अर्ब ३३ करोड) बराबरको अनुदान स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहकार्यमा कार्यान्वयन हुने उक्त परियोजना सुदूरपश्चिम र कर्णाली प्रदेशका पाँच दुर्गम जिल्लामा सञ्चालन हुनेछ। परियोजनाबाट ६० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने लक्ष्य राखिएको छ। ‘समुदायमा आधारित अनुकूलनमार्फत नेपालका संकटासन्न समुदायको… पुरा पढौ

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा संकाटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।  हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसंकटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये… पुरा पढौ

तनहुँमा २७ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ) । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेला परेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो । कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा दुई वटा चितुवा, एक… पुरा पढौ

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

कञ्चनपुर । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ । गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोपचराको गणना हुँदै आएको छ । “सुनौलो तोपचरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उनले भने, “यस चरालाई प्रकृति संरक्षणका लागि… पुरा पढौ