वातावरण

कोप-३० को मिति नजिकिएसँगै तयारी तीव्र, के छन् नेपालका मुख्य एजेण्डा ?

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप-३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिलगायत विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यसका लागि ब्राजिल सरकारले प्रस्ताव… पुरा पढौ

रेसुंगा र मदाने दुर्लभ चराको वासस्थान

गुल्मी । गुल्मीको रेसुंगा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको मुख्य आश्रय स्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरूमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरूको मुख्य वासस्थान रहेको नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डंगर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा… पुरा पढौ

वन्यजन्तु संरक्षणमा चुनौती: शुक्लाफाँटामा चोरी-शिकारी रोकिएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ ।  सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै आएका छन् ।  साथै उनीहरूले वन सिमानाका तारबार भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन् । “वन… पुरा पढौ

मनाङमा उच्च सतर्कता : असोज २० सम्म हिमाली क्षेत्रमा जोखिम, सतर्क रहन प्रशासनको आग्रह

मनाङ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशभर निरन्तर वर्षा हुने सम्भावना रहेकाले मनाङ जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय, मनाङले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ-“असोज २० गतेसम्म मनसुन सक्रिय रहने भएकाले मनाङ लगायत हिमाली क्षेत्रमा असिना, पहिरो तथा बाढीको जोखिम बढ्ने सम्भावना रहेको छ। त्यसैले स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि तथा नागरिकहरू सतर्क रहनु आवश्यक छ।” प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा विशेषगरी भोर्तेथान्ताल, ताचेखोला, काङ्सारखोला,… पुरा पढौ

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय… पुरा पढौ

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

दोधारा चाँदनी । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् । “हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य… पुरा पढौ

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा नेपालका लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ। हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ । विद्युतीय… पुरा पढौ